ne_tn/2sa/07/12.md

4.4 KiB

सामान्य जानकारीः

अगमवक्‍ता नातानद्वारा राजा दाऊदलाई परमप्रभु आफ्नो प्रतिज्ञा वर्णन गर्न जारी राख्‍नु हुन्छ ।

जब तेरो दिन पुरा हुने छ र तँ तेरा पुर्खाहरूसँग सुत्‍ने छस्

यी दुई वाक्यांशहरूको उस्ता-उस्तै अर्थहरू छन् र जोड दिन एकसाथ लेखिएका छन् । ती दुवै मृत्यु र मर्नुलाई जनाउने नम्र तरिका हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-euphemism]])

तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु

परमप्रभुले दाऊदको सन्तानलाई नियुक्‍त गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले तिनलाई खडा गर्नु वा तिनलाई उचाल्‍नु हुनेथियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जो तेरै शरीरबाट आउने छ

यो एउटा वाक् पद्धति हो जसको अर्थ त्यो व्यक्ति दाऊदको सन्तान हुनेछ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

म त्यसको राज्य स्थापित गर्ने छु

यहाँ "त्यसको राज्य"ले त्यसको शासन गर्ने शक्तिलाई जनाउँछ । अर्को अनुवादः "म त्यसलाई एक अत्यन्तै शक्तिशाली राजा हुने तुल्याउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो नाउँको निम्ति एउटा मन्‍दिर

यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "मेरो निम्ति स्थायी वासस्थान" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु

यहाँ "सिंहासन"ले त्यस व्यक्तिको राजाको रूपमा शासन गर्ने शक्तिलाई जनाउँछ । अर्को अनुवादः "म त्यसको इस्राएल माथिको शासनलाई सदासर्वदाको लागि स्थापित गरिदिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म त्यसको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ

२ शमूएल ७:१२-१४ मा गरिएको अगमवाणीले दाऊदका छोरा सोलोमनलाई जनाउँछ । तर, अगमवाणीका कुराहरू येशूले पुरा गर्नुहुनेछ । त्यसैले यहाँ "बुबा" र "छोरा" शब्दहरूलाई साक्खै बुबा र छोरा जनाउने तपाईंहरूको सामान्य शब्दहरूसित अनुवाद गर्दा राम्रो हुनेछ ।

शब्द अनुवाद