ne_tn/2sa/05/01.md

2.5 KiB

हामी तपाईंकै मासु र हड्डी हौं

यस वाक्यांशको अर्थ "आफन्त" हो । अर्को अनुवादः "हामी तपाईंसँग सम्बन्धित छौँ" वा "हामी एउटै घरानाका हौँ"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

केही समयअगि

यो ऐतिहासिक जानकारी हो । शाऊल त्यहाँ दाऊदभन्दा पहिले राजा भएका थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्

मूलतः यी दुई वाक्यहरूको अर्थ एउटै हो र परमप्रभुले दाऊदलाई राजा हुनको निम्ति चुन्‍नुभएको थियो भन्‍ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस्

यहाँ मानिसहरूमाथि शासन गर्नुलाई तिनीहरूको गोठालो गर्नुझैँ बताइएको छ । अर्को अनुवादः "तैँले नै मेरा मानिसहरू इस्राएलको हेरचाह गर्ने छस्" वा "तैँले नै मेरा मानिसहरू इस्राएलमाथि शासन गर्ने छस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद