ne_tn/2pe/front/intro.md

9.1 KiB

२ पत्रुसको परिचय

भाग १: सामान्य परिचय

२ पत्रुसको पुस्तकको रूपरेखा

१. परिचय (१:१-२) १. असल जीवन जिउनलाई सम्झाउने कुरा, किनभने परमेश्‍वरले हामीलाई सक्षम बनाउनुभएको छ (१:३-२१) १. झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (२:१-२२) १. येशूको दोस्रो आगमनको लागि तयारी गर्नलाई प्रोत्साहन (३:१-१७)

२ पत्रुसको पुस्तक कसले लेखे ?

लेखकले आफैँलाई सिमोन पत्रुसको रूपमा परिचय गराए । सिमोन पत्रुस एक जना प्रेरित थिए । तिनले १ पत्रुस पनि लेखे । पत्रुसले आफ्‍नो मृत्‍यु हुनअगि रोमको झ्‍यालखानाबाट यो पत्र लेखेको हुन सक्‍छ । पत्रुसले यो पत्रलाई दोस्रो पत्र भनेका छन्, यसैले यो लेखिएको मिति १ पत्रुस भन्‍दा पछि हो भन्‍न सक्‍छौँ । पहिलो पत्र तिनले जुन पाठकहरूलाई लेखे, उनीहरूलाई तिनले यो पत्र पनि लेखे । ती पाठकहरू शायद एसियाको पश्‍चिमी प्रायद्वीपभरी छरपष्‍ट भएका ख्रीष्‍टिएनहरू थिए ।

२ पत्रुसको पुस्तक केको बारेमा हो ?

विश्‍वासीहरूले असल जीवन बिताउन सकून् भनेर तिनीहरूलाई उत्साह दिनका लागि पत्रुसले यो पत्र लेखे । येशू दोस्रोपल्ट आउन ढिला गरिरहनुभएको छ भनेर सिकाइरहेका झूटा शिक्षकहरूका विरुद्धमा तिनले चेतावनी दिए । येशू फेरि आउन ढिला गर्नुहुन्‍न भनेर तिनले उनीहरूलाई बताए । बरु, परमेश्‍वरले मानिसहरूलाई पश्‍चाताप गर्ने मौका दिँदै हुनुहुन्‍थ्‍यो, र यसरी तिनीहरू बाँच्‍न सक्‍ने छन् ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ पत्रुस” वा “दोस्रो पत्रुस” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “पत्रुसबाटको दोस्रो पत्र” वा “पत्रुसले लेखेको दोस्रो पत्र ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

ती को मानिसहरू थिए जसको विरुद्धमा पत्रुसले बोले ?

पत्रुसले विरोध गरेर बोलेका झूटा शिक्षकहरू ज्ञानवादीहरू भनेर चिनिएकाहरू हुन सक्‍ने सम्‍भावना छ । यी शिक्षकले आफ्‍नै फाइदाका लागि धर्मशास्‍त्रका शिक्षालाई बङ्ग्‍याए । तिनीहरूले अनैतिक प्रकारले जिवन बिताउँथे र अरू मानिसलाई त्‍यसै गर्न सिकाउँथे ।

परमेश्‍वरले धर्मशास्‍त्रलाई प्रेरित गर्नुभयो भन्‍नु अर्थ के हुन्छ ?

धर्मशास्‍त्रको सिद्धान्‍त अति नै महत्त्वपूर्ण कुरा हो । २ पत्रुसले पाठकहरूलाई यो कुरा बुझ्‍न सहायता पुर्‍याउँदछ, कि धर्मशास्‍त्रका प्रत्‍येक लेखकका लेख्‍ने तरिका आफ्‍नै विशिष्‍ट प्रकारका भए तापनि परमेश्‍वर नै धर्मशास्‍त्रका साँचो लेखक हुनुहुन्‍छ (१:२०-२१) ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी”को एकवचन र बहुवचन रूपहरू

यस पुस्तकमा, “म” शब्दले पत्रुसलाई जनाउँछ । साथै, “तिमीहरू” शब्द सधैँ बहुवचनमा छ र त्यसले पत्रुसका श्रोताहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

२ पत्रुसको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

तल दिइएका पदहरूका लागि, बाइबलका कुनै आधुनिक अनुवादमा पुरानो अनुवादभन्‍दा फरक भएको पाइन्‍छ । यूएलटीले आधुनिक पाठको प्रयोग गरेको छ र पुरानो पाठलाई पादटिप्‍पणीमा राखेको छ । अनुवादकहरू भएका ठाउँमा बाइबलको अनुवाद छँदै छ भने, तिनीहरूले तिनै अनुवादहरूका पाठलाई प्रयोग गर्ने कुरालाई विचार गर्न सक्‍छन् । यदि छैन भने, आधुनिक अनुवादका पाठलाई प्रयोग गर्ने सुझाव अनुवादकहरूलाई दिइन्‍छ ।

  • “इन्साफको समयसम्‍मलाई तल्‍लो अन्धकारको साङ्लाहरूमा राखिन” (२:४) । कुनै आधुनिक अनुवाद र पुरानो अनुवादले यसरी लेखेका छन्, “इन्‍साफ नहोउञ्‍जेलका लागि तल्‍लो अन्‍धकारको खाडलमा राखिन ।”
  • “तिनीहरूले तिमीहरूसँग भोज गरिरहँदा तिनीहरूका छलपूर्ण कार्यहरूमा तिनीहरू रमाउँछन्” (२:१३) । केही संस्करणहरूमा यसरी छ, “तिमीहरूसँग प्रेम भोजहरूमा बस्दा तिनीहरूका कार्यहरूमा तिनीहरू रमाउँछन् ।”
  • “बओर” (२:१५) । केही अरू संस्करणहरूमा यसरी भनिएको छ, “बोसोर ।”
  • “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू प्रकट गरिनेछन्” (३:१०) । अन्य संस्करणहरूमा यसरी छ, “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू जल्नेछन् ।”

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)