ne_tn/2pe/03/intro.md

1.6 KiB

२ पत्रुस ०३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

आगो

कुनै थोकहरूलाई नष्‍ट गर्न वा फोहर र काम नलाग्‍ने थोकहरू जलाएर नष्‍ट पारी कुनै कुरालाई शुद्ध पार्न मानिसहरूले आगोको प्रयोग गर्ने गर्दछन् । यसकारण, जब परमेश्‍वरले दुष्‍टहरूलाई दण्ड दिनुहुन्‍छ अथवा आफ्‍ना मानिसहरूको शुद्धिकरण गर्नुहुन्‍छ, तब यो कुरालाई प्रायः आगोसँग सम्‍बन्‍ध जोडेर गरेको हुन्‍छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/other/fire)

प्रभुको दिन

प्रभुको आगमनको ठीक समय मानिसहरूलाई छक्‍क पार्ने गरी आउने छ । “रातमा चोर आए झैँ” भन्‍ने उपमाको अर्थ यही हो । यसकारणले, प्रभुको आगमनका लागि ख्रीष्‍टिएनहरू तयार रहनुपर्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/dayofthelord]] अनि [[rc:///ta/man/translate/figs-simile]])