ne_tn/2pe/03/11.md

1.6 KiB

जोड्ने कथनः

पत्रुसले प्रभुको दिनको प्रतीक्षा गर्ने क्रममा कसरी जिउने भन्‍ने कुरा विश्‍वासीहरूलाई भन्‍न सुरु गर्छन् ।

किनकि यी सबैकुरा यसरी नै नाश गरिनेछन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले सबैकुरालाई यसरी नै नष्‍ट गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो ?

पत्रुसले तिनीहरूलाई पछि भन्‍ने कुरालाई जोड दिनको लागि यो आलङ्‍कारिक प्रश्‍‍नको प्रयोग गर्छन्, कि तिनीहरूले “पवित्र र धार्मिक जीवन जिउनुपर्छ ।” वैकल्पिक अनुवादः “तिमीहरू कस्‍ता मानिसहरू बन्‍नुपर्छ भन्‍ने तिमीहरूलाई थाहै छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)