ne_tn/2pe/02/21.md

1.6 KiB

धार्मिकताको मार्ग

पत्रुसले जीवनलाई “मार्ग” वा “बाटो”को रूपमा व्यक्त गर्छन् । यस वाक्यांशले परमेश्‍वरको इच्छाअनुसारको जीवन जिउने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पवित्र आज्ञाबाट फर्कनु

यहाँ “फर्कनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरा गर्न छोड्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “पवित्र आज्ञाको पालना गर्न छोड्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूलाई दिइएको पवित्र आज्ञा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई दिनुभएका पवित्र आज्ञा” वा “पवित्र आज्ञा जुन तिनीहरूले प्राप्‍त गरे भनेर परमेश्‍वरले पक्‍का गर्नुभयो”" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)