ne_tn/2pe/02/14.md

2.2 KiB

तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन

यहाँ “आँखा”ले तिनीहरूका इच्‍छाहरूलाई प्रतिनिधित्व गर्छ र “भरिएका आँखा” भन्‍ने कुराले तिनीहरूले निरन्तर केही कुरा चाहन्छन् भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू निरन्तर व्यभिचार गर्न चाहन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन्

तिनीहरू आफ्नो कुवासनालाई सन्तुष्‍ट पार्नको निम्ति नै पाप गर्छन्, तिनीहरूले गरेका पापहरूले कहिल्यै पनि तिनीहरूलाई सन्तुष्‍टि दिँदैनन् ।

तिनीहरूले अस्थिर मनहरूलाई लोभ्याउँछन्

यहाँ “मनहरू” शब्दले व्यक्तिहरूलाई जनाउँछ । वैकल्पिक अनवुादः “तिनीहरूले अस्थिर मानिसहरूलाई लोभ्याउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मनले लोभमा तालिम पाएका हुन्छन्

यहाँ “मन” शब्दले व्यक्तिका विचार र भावनाहरूलाई जनाउँछ । तिनीहरूको बानीको कारणले तिनीहरूले आफैँलाई लोभी भएर सोच्‍न र काम गर्न तालिम दिएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)