ne_tn/2pe/02/13.md

2.0 KiB

तिनीहरूले गरेका गलत कामहरूका प्रतिफल तिनीहरूले पाउनेछन्

झूटा शिक्षकहरूले पाउने दण्डलाई पत्रुसले इनामको रूपमा व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूका गलत कामहरूलाई मिल्ने किसिमका दण्डहरू तिनीहरूले प्राप्‍त गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

दिनमा आनन्द

यहाँ “आनन्द” शब्दले खन्चुवापन, पियक्कडपन र यौन गतिविधिजस्ता अनैतिक कुराहरूलाई जनाउँछ । यी कामहरू दिनमा गर्ने कुराले ती मानिसहरू यस्ता कामहरू गर्दा लाज मान्दैनन् भन्‍ने जनाउँछ ।

तिनीहरू धब्बा र दागहरू हुन्

“धब्बा” र “दागहरू” शब्दहरूले एउटै अर्थ दिन्छन् । पत्रुसले झूटा शिक्षकहरूलाई कपडामा लागेका दागहरूको रूपमा व्यक्त गरेका छन्, जसलाई लगाउनेले लाजको बोध गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरू कपडामा लागेका धब्बा र दागहरू हुन, जसले अपमान ल्याउँछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-doublet]])