ne_tn/2pe/02/01.md

1.9 KiB

सामान्य जानकारीः

पत्रुसले विश्‍वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।

झूटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झूटा शिक्षकहरू आउनेछन्

इस्राएलीहरूलाई छल गर्दै जसरी झूटा अगमवक्ताहरू आए, त्यसरी नै ख्रीष्‍टको बारेमा झूट बोल्दै झूटा शिक्षकहरू पनि आउनेछन् ।

विनाशकारी झूटा शिक्षाहरू

“झूटा शिक्षाहरू” ले ख्रीष्‍ट र प्रेरितहरूको शिक्षाभन्दा फरक विचारलाई जनाउँछ । यी झूटा शिक्षाहरूले तिनमा विश्‍वास गर्नेहरूको विश्‍वासलाई नष्‍ट गर्ने काम गर्छन् ।

ती मालिक जसले तिनीहरूलाई किन्‍नुभयो

यहाँ “मालिक” शब्‍दले दासहरू राखेको व्‍यक्तिलाई जनाउँछ । पत्रुस भन्‍छन्, येशू मानिसहरूका मालिक हुनुहुन्‍छ, र उहाँले आफ्‍नो मृत्‍युको मोल तिरेर तिनीहरूलाई किन्‍नुभएको छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])