ne_tn/2pe/01/10.md

1.6 KiB

आफ्नो बोलावट र चुनाउ निश्‍चित गर

“बोलावट” र चुनाउ” शब्दहरूले एउटै अर्थ दिन्‍छन् र यसले परमेश्‍वरले तिनीहरूलाई आफ्नो बनाउनको निम्ति छान्‍नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आफ्नो बनाउनको निम्ति छान्‍नुभएको हो भन्‍ने कुरामा निश्‍चित होओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिमीहरू लोट्नेछैनौ

यहाँ “लोट्नु” भन्‍ने शब्दले १) पाप गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले पापपूर्ण स्वभावको अभ्यास गर्नेछैनौ” वा २) ख्रीष्‍टप्रति विश्‍वासयोग्य नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू ख्रीष्‍टप्रति विश्‍वासघाति हुनेछैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)