ne_tn/2ki/18/19.md

3.0 KiB

सामान्य जानकारी:

रबसारिसले हिजकियाका मानिसहरूलाई अश्शूरका राजाबाट पठाइएका सन्‍देश निरन्‍तरता बताउँछन् ।

तिम्रो दृढताको स्रोत के हो? ... तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो ?

अश्शूरका राजाले(आफ्नो समाचारवाहक रबसारिसद्वारा) उत्तर पाउनको निम्ति यी प्रश्‍नहरू सोधेका हैनन्, तर आफैमाथि र मिश्रको सहायतामा शङ्का गरेको चाहन्‍छन् । अर्को अनुवाद: "कसमाथि भरोसा नगर । मेरो विरुद्धमा विद्रोह गर्नु तिम्रो मूर्खता हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मिश्रदेशको यो चिरा परेको निगालोको टेक्‍ने लौरो

अश्शूरका राजाले मिश्रलाई कमजोर टेक्‍ने लौरोसँग तुलना गर्दैछन्; तिमीले यसमा अडेस लाउँदा यसले तिमीलाई भर दिन्‍छ भनी तिमी सोच्‍छौ, तर त्‍यसको सट्‍टा यसले तिमीलाई भाँचेर काट्नेछ । अर्को अनुवाद: "मिश्रदेशको कमजोर सहयोग" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

कुनै मानिस यसमा शिर अडायो भने ... र त्यसलाई चोट लाग्छ

निगालोलाई अडेस लगाउनको निम्ति प्रयोग गरियो भने के हुन्‍छ भनी वक्‍ताले यस रूपकलाई लम्‍बाएका छन् । अर्को अनुवाद: "कुनै व्‍यक्‍तिले यसलाई अडाउनको निम्ति प्रयोग गर्छ भने, त्‍यसलाई चोट लाग्‍नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद