ne_tn/2ki/15/08.md

3.9 KiB

यहूदाका राजा अजर्याहको अठतिसौँ वर्षमा

यो तिनले शासन गरेको अठतिसौँ वर्ष हो भनी यसलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "यहूदाका राजा अजर्याहको ३८ औँ वर्षमा " (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/translate-numbers]])

यारोबामका छोरा जकरिया

यस यारोबाम नाम भएको यो इस्राएलको दोस्रो राजा थिए । तिनी राजा येहोआशका छोरा थिए ।

सामरियामा बसेर इस्राएलमाथि छ महिना राज्‍य गरे

सामरिया त्‍यो सहर हो जहाँ जकरिया इस्राएलको राजा हुँदा बस्‍थे । अर्को अनुवाद: "इस्राएलमाथि राज्‍य गरि सामरियामा छ महिना बसे"

जे खराब थियो, तिनले त्यही गरे

"जे खराब थियो, जकरियाले त्यही गरे"

परमप्रभुको दृष्टिमा जे खराब थियो

यहाँ "परमप्रभुको दृष्टि"ले परमप्रभुको न्‍यायलाई जनाउँछ । तपाईंले 2 Kings 3:2 मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "परमप्रभुको न्‍यायमा जे खराब थियो" वा "परमप्रभुले जे खराब ठहर्‍याउनुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनी ... नबातका छोरा यारोबामका पापबाट फर्केनन्

पापबाट फर्केनन‍्ले यी पाप गर्न इन्‍कार गरेनन् भन्‍ने जनाउँछ । अर्को अनुवाद: "जकरियाले ... नबातका छोरा यारोबामका पाप गर्न इन्‍कार गरेनन्" वा " तिनले ... नबातका छोरा यारोबामले गरेझैँ पाप गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यारोबाम

यो यारोबाम इस्राएल देशबाट बनेको दस उत्तरी कुलहरूका पहिलो राजा थिए ।

इस्राएललाई पाप गर्न लगाउने ... पाप

यहाँ "इस्राएल" शब्दले इस्राएल देशको मानिसहरूलाई संकेत गर्छ । अर्को अनुवाद: "जसले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाएका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद