ne_tn/2ki/14/08.md

4.5 KiB

तब अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए,"आउनुहोस्, हामी युद्धमा एक-अर्कालाई आमनेसामने भेटौँ ।"

यहाँ "एक-अर्का"मा तिनीहरूका सेनाहरू पनि समावेश हुन्‍छन् । अर्को अनुवाद: "तब अमस्याहले इस्राएलका राजा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए, "यहाँ आउनुहोस् र हामी र हाम्रा सेनाहरू युद्धमा एक-अर्कासँग लडाईं गरूँन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

लेबनानको एउटा सिउँडीले ... सिउँडीलाई कुल्‍च्‍यो

यो एउटा जीवन्त र दृष्टान्त हो । देवदारुको रूख ठुलो हुन्‍छ र सिउँडी सानो र काम नलाग्‍ने हुन्‍छ । यहोआशले आफैलाई देवदारु र अमस्याहलाई सिउँडीसँग तुलना गर्छन् र आक्रमण नगर्न अमस्याहलाई चेतावनी दिन्छन् । यदि तपाईंको आफ्‍नै भाषामा यस्‍तै तुलना छ भने, तपाईंले यसलाई प्रयोग गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सिउँडी

"काँडहरू भएको झार"

यसो भनेर सन्‍देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ

यो प्रत्‍यक्ष वाक्‍यलाई अप्रत्‍यक्ष बनाउन सकिन्‍छ । अर्को अनुवाद: "देवदारुलाई आफ्‍नी छोरी सिउँडीको छोरासित विवाह गरिदिन भन्‍दैछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-quotations)

तिमीले साँच्चै एदोमलाई आक्रमण गर्‍यौ

यो अमस्याहको निम्ति यहोआशको सन्‍देशको चेतावनीको अंश हो । "अमस्याह, तिमीले अवश्य एदोमलाई परास्‍त गरेका छौ"

तिम्रो शेखी बढेको छ

घमण्‍डी हुनु भन्‍ने अर्थ दिने यो एउटा वाक्पद्घति हो । अर्को अनुवाद: "आफूले गरेको कुरामा तिमी निकै घमण्‍डी भयौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आफ्‍नो विजयमा गर्व गर

"आफ्‍नो विजयमा सन्तुष्ट होओ"

किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि पतन हुने

आफूलाई आक्रमण नगर्न चेतावनी दिन यहोआशले अमस्याहलाई यो प्रश्‍न गरे । अर्को अनुवाद: "तिमीले आफैलाई सङ्कष्टमा पारेर हार बेहोर्नुहुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद