ne_tn/2ki/13/03.md

3.4 KiB

इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो

इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो भन्‍ने कुरालाई यसरी बताइएको छ कि मानौँ उहाँको क्रोध दन्‍काउने आगो थियो । अर्को अनुवाद: "अनि परमप्रभु इस्राएलसँग निकै क्रोधित हुनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो

यहाँ "तिनीहरू"ले इस्राएल र "हात"ले तिनीहरूलाई अधिनमा राख्‍न सक्‍ने शक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: "अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददले युद्धमा इस्राएलीहरूलाई पटक-पटक पराजित गर्न दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुलाई बिन्ती गरे

"परमप्रभुलाई प्रार्थना गरे"

अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्नुभयो

यी दुई वाक्यांशको अर्थ एउटै हो र जोड दिनलाई दोहोर्‍याइएको छ । भाववाचक नाम "थिचोमिचो"को अर्थ "अरामका राजाले तिनीहरूमाथि थिचोमिचो गरिरहेका थिए" भनेझैँ हो । अर्को अनुवाद: "अरामका राजाले कठोरतासाथ कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

एउटा उद्धारक

"तिनीहरूलाई बचाउने कुनै व्‍यक्‍ति"

तिनीहरू अरामीहरूका हातबाट उम्के

यहाँ "हात"ले तिनीहरूलाई अधिनमा राख्‍न सक्‍ने बललाई जनाउँछ । अर्को अनुवाद: "अरामका राजाको शक्‍तिबाट उहाँले तिनीहरूलाई उम्‍किने तुल्याउनुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद