ne_tn/2ki/02/13.md

1.7 KiB

खास्टो

खास्टो अगमवक्ताको बाहिरी लुगा थियो । यो तिनको पेशाको चिन्ह थियो ।जब एलीशाले एलियाको खास्टो लिए तब तिनले अगमवक्ताको रूपमा एलियाको ठाउँ लिएको भनी बताउँदै थिए ।

एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ ?

परमप्रभु एलियासँग हुनुभए झैँ आफूसँग पनि हुनुहुन्छ कि भनी एलीशा सोध्दै छन् ।अर्को अनुवादः "परमप्रभु, एलियाका परमेश्‍वर, के तपाईं मसँग यहाँ हुनुहुन्छ ?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

दुईतिर विभाजित भयो र एलीशा पारि गए

नदी दुई भागमा छुट्टियो र एलीशा सुक्खा जमिनबाट पारि हिँडेर गए जसरी तिनी एलियासँग हुँदा गएका थिए ।

दुईतिर

"दायाँ र बायाँतिर" यसले एलियाले पानीलाई हिर्काएको ठाउँको दायाँ र बायाँलाई जनाउँछ ।

शब्द अनुवाद