ne_tn/2ki/01/03.md

3.6 KiB

परमप्रभु

यो परमप्रभुले पुरानो नियममा आफ्ना मानिसहरूलाई प्रकट गर्नुभएको नाम हो ।यसलाई कसरी अनुवाद गर्ने भनेर EN-शब्द अनुवाद पृष्‍ठमा हेर्नुहोस् ।

तिश्बी

यसले तिश्बी सहरका कुनै मानिसलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के इस्राएलमा कुनै परमेश्‍वर नभएकोले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ ?

बाल-जिबबसित सल्लाह लिन गएकोले हप्काउन प्रयोग गरिएको यो आलङ्कारीक प्रश्‍न हो ।यसलाई सामान्‍य वाक्‍यमा लेख्‍न सकिन्छ ।यो व्यङ्‍ग हो किनभने तिनीहरू निश्‍चय नै इस्राएलका परमेश्‍वरबारेमा सचेत छन् ।"ए मूर्ख हो! इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी तिमीहरूलाई थाहा छ तर एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन मानिसहरूलाई पठाएर तिमीहरूलाई थाहा नभएजस्तो व्‍यवहार गर्दै थियो !" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-irony]])

बाल-जिबबसित सल्लाह लिन

"सल्लाह लिन" वाक्यांशको अर्थ कुनै प्रश्‍नको बारेमा कसैको विचार लिनु हो ।

त्यसकारण परमप्रभु भन्‍नुहुन्‍छ

यो राजा अहज्याहको लाागि परमप्रभुको सन्देश हो ।अर्को अनुवादः "त्यसकारण परमप्रभु राजा अहज्याहलाई भन्‍नुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस्

जब राजा अहज्याह बिरामी भए, तिनलाई ओछ्यानमा राखियो ।तिनी कहिल्यै निको भएर ओछ्यानबाट उठ्न सक्‍नेछैनन् भनी परमप्रभुले भन्‍नुभयो। अर्को अनुवादः "तँ निको हुनेछैनस् र तँ सुतिरहेको ओछ्यानबाट तँ तल आउनेछैनस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद