ne_tn/2jn/01/12.md

1.8 KiB

सामान्य जानकारीः

पद १२ मा भएका “तिमी” शब्दहरू एकवचन हुन् । पद १३ मा भएको “तिम्रो” शब्द बहुवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जोड्ने कथनः

यूहन्‍नाको पत्र तिनीहरूलाई भेट्ने तिनको इच्छासँगै टुङ्‌गिन्छ र अर्को मण्डलीबाट अभिवादन पठाउँछन् ।

मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिनँ

यूहन्‍ना अरू कुराहरू लेख्‍ने इच्छा गर्दैनन्, तर आएर तिनीहरूलाई वचन भन्‍न रुचाउँछन् । तिनले तिनीहरूलाई कागज र मसीबाहेक अरू कुनै कुराले लेख्‍न चाहन्छन् भनिरहेका छैनन् ।

आमने-सामने कुरा गर्नु

यहाँ “आमने-सामने” एउटा भनाइ हो जसको अर्थ तिनीहरूको उपस्थितिमा कुरा गर्नु । वैकल्पिक अनुवादः “तिमीहरूको उपस्थितिमा कुरा गर्नु” वा “तिमीहरूसँग व्यक्तिगत रूपमा कुरा गर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)