ne_tn/2jn/01/01.md

2.6 KiB

सामान्य जानकारीः

परम्पराले प्रेरित यूहन्‍नालाई नै यस पत्रको लेखकको रूपमा पहिचान गर्छ । तिनी सम्भवतः कुनै महिलालाई सम्बोधन गरेर लेख्छन्, तर पनि तिनीहरूले एकले अर्कालाई प्रेम गर्नुपर्छ भनी लेखेकाले यो सम्भवतः कुनै मण्डलीलाई भनिएको हो । यस पत्रमा “तिमीहरू” र “तिमीहरूको” अर्को प्रकारले उल्लेख नगरिएसम्म सबै बहुवचनमा छन् । यस पत्रमा यूहन्‍नाले आफैँलाई र तिनका पाठकहरूलाई समावेश गरेर “हामीलाई” र “हाम्रो” शब्द प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-inclusive]])

एल्डरबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई

पत्रहरू यसरी सुरु गरिन्थ्यो । लेखकको नाउँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म एल्डर यूहन्‍नाले यो पत्र चुनिएकी महिला र तिनकी सन्तानहरूलाई लेखिरहेको छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

एल्डर

यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ । तिनको वृद्ध उमेरले गर्दा वा तिनी मण्डलीका अगुवा भएका हुनाले तिनी आफैँलाई पनि “एल्डर” को रूपमा जनाउँछन् ।

चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई

सम्भवतः यसले यसमा भएका विश्‍वासीहरूको समूह र विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)