ne_tn/2co/13/intro.md

3.2 KiB

२ कोरिन्थी १३ सामान्य टिपोटहरू

संरचना र प्रारूप

यस अध्यायमा, पावल आफ्नो अधिकारको प्रतिरक्षा गर्नलाई सकाउँछन् । तब उनले पत्रलाई अन्तिम अभिवादन र आशिष्‌द्वारा अन्त गर्छन् ।

यस अध्यायका विशेष धारणाहरू

तयारी

पावल कोरिन्थीहरूलाई भेटघाट गर्न तयारी गर्दा उनले तिनीहरूलाई निर्देशन् दिन्छन् । उनले मण्डलीमा कसैलाई अनुशासन गर्न नपरोस् भन्‍ने आशा गरिरहेका छन् ताकि उनले आनन्द साथ भेटघाट गर्न सकून् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/disciple)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

शक्ति र कोमजोरी

पावलले यस अध्यायमा विपरीत शब्दहरू “शक्ति” र “कमजोरी”लाई दोहोर्‍याइ-दोहोर्‍याइ प्रयोग गर्छन् । अनुवादकले आपसमा विपरीत छन् भनेर बुझिएका शब्दहरूलाई प्रयोग गर्नुपर्छ ।

“तिमीहरू विश्‍वासमा छौ वा छैनौ भनी हेर्न आफैँलाई जाँचेर हेर । तिमीहरूले आफ्‍नो जाँच गर ।”

यी वाक्यहरूको अर्थ के हुन् भन्ने कुरामा विद्वानहरूको मत विभाजित छ । केही विद्वानहरूले भन्छन् कि ख्रीष्‍टिएनहरूले तिनीहरूका कार्यहरू तिनीहरू ख्रीष्‍टिएन विश्‍वास अनुसार छ कि छैन भनी हेर्नलाई तिनीहरूले आफैँलाई जाँच्नुपर्छ । सन्दर्भले यस बुझाइलाई साथ दिन्छ । अरूहरूले भन्छन् कि यी वाक्यहरूको अर्थ ख्रीष्‍टिएनहरूले तिनीहरूका कार्यहरूलाई हेर्नुपर्छ र तिनीहरूले साँचो रूपमा उद्धार पाएका छन् कि छैनन् भनेर प्रश्‍न गर्नुपर्छ भन्‍ने हो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/faith]] अनि [[rc:///tw/dict/bible/kt/save]])