ne_tn/2co/12/15.md

2.6 KiB

म सबैभन्दा धेरै खुशीका साथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चिनेछु

पावलले आफ्नो काम र शारीरिक जीवनलाई उनी वा परमेश्‍वरले खर्च गर्न सक्ने पैसा भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “म कुनै पनि काम खुशीसाथ गर्नेछु र मानिसहरूले मलाई मार्न दिन म परमेश्‍वरलाई खुशीसाथ अनुमति दिन्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका प्राणको निम्ति

“प्राण” शब्द मानिसहरूको आफैँको निम्ति प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूको लागि” वा “ताकि तिमीहरू राम्ररी जिउन सक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने, के मैलेचाहिँ कम माया पाउने र ?

यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि मैले तिमीहरूलाई यति धेरै प्रेम गर्छु भने, तिमीहरूले मलाई थोरै प्रेम गर्नुहुँदैन ।” वा “यदि ...धेरै ... , तिमीहरूले मलाई तिमीहरूले गरेभन्दा धेरै प्रेम गर्नुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

बढी

पावलको प्रेम केभन्दा “बढी” हो भनेर प्रस्‍ट छैन । सम्भवतः वाक्यमा पछि “यति थोरै” सित तुलना गर्नको निम्ति “एकदम धेरै” वा “अति धेरै” प्रयोग गर्नु उत्तम हुन्छ ।