ne_tn/2co/12/13.md

2.1 KiB

तिमीहरू कसरी अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र, तिमीहरूलाई ... बाहेक ?

पावलले कोरिन्थीहरूलाई हानि पुर्‍याउन चाहन्छन् भनी तिनीहरूले दोष लगाउँदा तिनीहरू गलत छन् भनी उनले जोड दिँदैछन् । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... तिमीहरूलाई ... बाहेक मैले तिमीहरूलाई अरू सबै मण्डलीहरूलाई व्यवहार गरे झैँ उही व्यवहार गरेको छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

म तिमीहरूको लागि बोझ बनिन

“मैले तिमीहरूलाई पैसा वा मलाई खाँचो परेको अरू कुराहरू मागिन”

यो गल्तीको निम्ति मलाई क्षमा देओ !

पावल कोरिन्थीहरूलाई शर्ममा पार्न व्यङ्गात्मक हुँदैछन् । उनी र तिनीहरू दुवै जान्दछन् कि उनले तिनीहरूलाई केही खराबी गरेका छैनन्, तर उनले तिनीहरूलाई खराबी गरेका झैँ गरेर तिनीहरूले उनलाई व्यवहार गरिरहेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

यो गल्ती

पैसा र उनलाई खाँचो परेका अन्य कुराहरूको लागि नमाग्नु