ne_tn/2co/12/07.md

1.8 KiB

सामान्य जानकारीः

यो पदले खुलाउँछ कि पावलले २ कोरिन्थीहरू १२:२ मा सुरु गरेर आफ्‍नै बारेमा कुरा गरिरहेका थिए ।

प्रकाशहरूको उच्‍चकोटीको माहन्‌ताको कारण

“किनभने ती प्रकाशहरू अरू कसैले देखेका कुनै पनि कुराभन्दा अत्यन्तै धेरै महान् थिए”

मलाई शरीरमा एउटा काँढा दिइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई शरीरमा एउटा काँडा दिनुभयो” वा “परमेश्‍वरले मेरो शरीरमा एउटा काँडा आउन दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शरीरमा एउटा काँढा

यहाँ पावलका शारीरिक समस्याहरूलाई उनको शरीरलाई घोच्ने एउटा काँडासँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “पीडा” वा “शारीरिक समस्या” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शैतानबाट एउटा दूत

“शैतानको एउटा सेवक”

असाध्यै घमण्डी

“अति घमण्डी”