ne_tn/2co/10/intro.md

3.0 KiB

२ कोरिन्थीहरू १० सामान्य टिपोटहरू

संरचना र प्रारूप

केही संस्करणहरूले पुरानो करारबाट उद्‌धृत गरिएका खण्डहरूलाई पृष्‍ठमा अरू बाँकी खण्डहरूभन्दा दायाँतिर सार्छन् । यूएलटीले पद १७ को उद्‌धृत गरिएका शब्दहरूसँग यसै गर्छ ।

यस अध्यायमा पावलले आफ्नो अधिकारको प्रतिरक्षा गर्नतर्फ फर्कन्छन् । उनले उनको बोल्ने शैली र लेख्ने शैलीको तुलना पनि गर्छन् ।

यस अध्यायका विशेष धारणाहरू

घमण्ड गर्ने

“घमण्ड गर्ने” कुरालाई प्रायः शेखी गर्ने ठानिन्छ, जुन ठीक होइन । तर यस पत्रमा “घमण्ड गर्ने”को अर्थ दृढताका साथ हर्षित हुनु वा आनन्दित हुनु हो ।

यस अध्यायका महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

रूपक

पद ३-६ मा, पावलले युद्धबाट धेरै रूपकहरू प्रयोग गर्छन् । उनले सम्भवतः ख्रीष्‍टिएनहरू आत्मिक रूपमा युद्धमा भएको कुराको बारेमा तिनीहरूलाई अझ ठूलो रूपकको एक हिस्साको रूपमा प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

शरीर

“शरीर” सम्भवतः मानिसको पापपूर्ण स्वभावको निम्ति एक रूपक हो । पावलले हाम्रो भौतिक शरीरहरू पापपूर्ण छन् भनी सिकाइरहेका छैनन् । ख्रीष्‍टिएनहरू जीवित रहेसम्म(“शरीरमा”), हामी पाप गरिरहनेछौँ भनी पावलले सिकाइरहेका जस्ता देखिन्छन् । तर हाम्रो नयाँ स्वभाव पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/flesh)