ne_tn/2co/10/05.md

2.8 KiB

खडा हुने हरेक उच्च थोक

पावलले अझै पनि युद्धको रूपकलाई लिएर कुरा गरिरहेका छन्, मानौँ “परमेश्‍वरको ज्ञान” चाहिँ एउटा सेना हो र “हेरक उच्च थोक” चाहिँ त्यो सेनालाई बाहिर नै राख्नको निम्ति मानिसहरूले बनाएको पर्खाल हो । वैकल्‍पिक अनुवादः “आफूलाई सुरक्षित राख्न घमण्डी मानिसहरूले सोचेका हरेक झुटा तर्क”

हरेक उच्च थोक

“घमण्डी मानिसहरूले गर्ने हरेक कुरा”

परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हुन्छ

पावलले तर्कहरूलाई कुनै सेनाको विरुद्धमा खडा भएको उच्च पर्खाल भए झैँ गरी उल्लेख गर्छन् । “खडा हुनु” शब्दहरूको अर्थ “अग्लो रूपमा खडा हुनु” हो, त्यो “उच्च थोक” हावामा तैरिरहेको छ भनेको चाहिँ होइन । वैकल्‍पिक अनुवादः “मानिसहरूले परमेश्‍वर को हुनुहुन्छ भनी चिन्नु नपरोस् भनी प्रयोग गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं

पावलले मानिसहरूको विचारहरूलाई युद्धमा उनले कब्जा गरेका शत्रुसेनाका सिपाहीहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामी देखाउँछौँ कि ती मानिसहरूसँग भएका सबै झूटा विचारहरू गलत छन् र मानिसहरूलाई ख्रीष्‍टको आज्ञा पालन गर्न सिकाउँछौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])