ne_tn/2co/09/12.md

1.5 KiB

यो सेवाको कामको लागि

यहाँ “सेवा” शब्दले पावल र उनका सहयात्रीहरूले यरूशलेममा भएका विश्‍वासीहरूका लागि ल्याइरहेका सहयोगलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यरूशलेमका विश्‍वासीहरूको निम्ति हामीले यो सेवा गर्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यो परमेश्‍वरलाई धन्यवाद दिने विभिन्न काममा पनि भरिभराउ हुँदै जान्छ

पावलले कोरिन्थी विश्‍वासीहरूको सेवाको कार्यलाई कुनै तरल पदार्थ भए झैँ गरी उल्लेख गर्छन् जुन कुनै भाँडामा अटाउन सक्‍नेभन्दा ज्यादा छ । वैकल्‍पिक अनुवादः “यसले त्यस्ता थुप्रै कामहरू पनि ल्याउनेछ जसको लागि मानिसहरूले परमेश्‍वरलाई धन्यवाद दिनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)