ne_tn/2co/05/01.md

2.7 KiB

जोड्ने कथनः

पावलले विश्‍वासीहरूको पार्थिव शरीरहरू र परमेश्‍वरले दिनुहुने स्वर्गीय शरीरहरूको बीचमा भएको भिन्‍नतालाई देखाएर निरन्तरता दिन्छन् ।

यदि हामी बस्ने पार्थिव वासस्थान नष्‍ट भयो भने, हामीसँग परमेश्‍वरबाटको भवन छ

यहाँ अस्थायी “पार्थिव वासस्थान” मानिसको भौतिक शरीरको लागि एउटा अलङ्कार हो । यहाँ “परमेश्‍वरबाटको भवन” चाहिँ विश्‍वासीहरू मरेपछि परमेश्‍वरले दिनुहुने नयाँ शरीरको निम्ति एउटा अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामीले बास गरेको यो पार्थिव शरीर नष्‍ट भयो भने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि मानिसहरूले हामी बसेको पार्थिव वासस्थानलाई नष्‍ट पार्छन् भने” वा “यदि मानिसहरूले हाम्रो शरीरहरूलाई मार्छन् भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो मानिसको हातले बनाएको घर होइन

यहाँ “घर” भनेको “परमेश्‍वरबाटको भवन” भनेको जस्तै हो । यहाँ “हातहरू” चाहिँ मानवलाई समग्र रूपमा प्रतिनिधित्व गर्ने उपलक्षक शब्द हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो एउटा घर हो जसलाई मानिसहरूले बनाएका होइनन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-synecdoche]])