ne_tn/2co/01/intro.md

3.6 KiB

२ कोरिन्थीहरू ०१ साधारण टिपोटहरू

संरचना र प्रारूप

पहिलो हरफले प्राचीन पूर्वी नजिक क्षेत्रमा पत्र सुरु गर्ने शैलीलाई दर्शाउँछ ।

विशेष धरणाहरू

पावलको इमानदारी

पावल इमानदार थिएनन् भनी मानिसहरूले उनको आलोचना गरिरहेका थिए । उनले गरिरहेका कुराहरूको आशयहरू उल्लेख गरेर उनले तिनीहरूको प्रतिवाद गरे ।

सान्तवना

सान्त्वना यस अध्यायको मुख्य विषयवस्तु हो । पवित्र आत्माले ख्रीष्‍टिएनहरूलाई सान्त्वना दिनुहुन्छ । सम्भवतः कोरिन्थीहरू कष्‍टमा परेका थिए र तिनीहरूलाई सान्तवना जरुरत थियो ।

यस अध्यायको महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

आलङ्कारिक प्रश्‍न

इमानदार नभएको दोषारोपणको प्रतिकार गर्नलाई पावलले दुई वटा आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यस अध्यायका अनुवादका अन्य सम्भावित जटिलताहरू

हामी

पावलले “हामी” सर्वनाम प्रयोग गर्छन् । यस सम्भवतः तिमोथी र उनी आफैँलाई जनाउँछ । यसले अन्य मानिसहरूलाई पनि समेट्न सक्छ ।

बैना

पावलले पवित्र आत्मालाई बैना भन्छन्, जुनचाहिँ ख्रीष्‍टिएनको अनन्त जीवनको निम्ति प्रतिज्ञा वा किस्ता हो । ख्रीष्‍टिएनहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । तर तिनीहरू नमेरसम्म तिनीहरूले परमेश्‍वरद्वारा दिइएका सबै प्रतिज्ञाहरू अनुभव गर्नेछैनन् । पवित्र आत्माचाहिँ यो हुनेछ भन्‍नको लागि व्यक्तिगत बैना हुनुहुन्छ । यो धारणा व्यापारिक शब्दावलीबाट लिइएको हो । कुनै व्यक्तिले रुपियाँपैसा पुनः तिर्नेछन् भनी कुनै मूल्यवान वस्तु अर्को व्यक्तिलाई “बैना”को रूपमा दिन्छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/eternity]] अनि [[rc:///tw/dict/bible/kt/save]])