ne_tn/2co/01/22.md

1.9 KiB

उहाँ जसले हामीमा मोहोर पनि लगाउनुभयो

हामी परमेश्‍वरका हौँ भनेर परमेश्‍वरले देखाउनुहुने कुरालाई हामी उहाँका हौँ भन्‍ने चिन्ह परमेश्‍वरले हामीमा लगाउनुभए झैँ गरेर पावलले बताउँछन् । वैकल्‍पिक अनुवादः “उहाँले हामीमाथि उहाँको स्वमित्वको चिन्ह लगाउनुभएको छ” वा “हामी उहाँका हौँ भन्‍ने कुरा उहाँ देखाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँले हामीलाई हाम्रो हृदयहरूमा आत्माको प्रतिज्ञा दिनुभयो

यहाँ “हृदयहरू” भन्‍ने शब्दले व्यक्तिको सबैभन्दा अन्तरभागलाई जनाउँछ । वैकल्‍पिक अनुवादः वैकल्‍पिक अनुवादः “हामी हरेक भित्र बस्नलाई आत्मा दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

आत्माको प्रतिज्ञा

आत्माको बारेमा यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति आंशिक किस्ता हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)