ne_tn/2co/01/12.md

2.2 KiB

सामान्य जानकारीः

पावलले यी पदहरूमा “हामी”, “हाम्रो”, “हामी आफैँ”, र “हामीलाई” शब्दहरू आफैँ र तिमोथीलाई र सम्भवतः तिनीहरूसँगै सेवा गर्ने अरूहरूलाई जनाउन प्रयोग गर्छन् । यी शब्दहरूले उनले पत्र लेखिरहेका मानिसहरूलाई समेट्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

किनकि हामीले गर्व गर्ने निश्‍चयता यो हो

यहाँ “गर्वित” र “घमण्ड गर्ने” शब्दहरूलाई केही कुरामा ठूलो सन्तुष्‍टि र आनन्दको भावना अनुभव गर्ने सकारात्मक अर्थमा प्रयोग गरिएको छ ।

हाम्रो विवेकले गवाही दिन्छ

पावलले दोषी नभएको कुरालाई मानौँ उनको विवेक एउटा बोल्‍न सक्‍ने व्यक्ति भएको जसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “हामीले हाम्रो विवेकद्वारा जान्दछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शारीरिक बुद्धिमा होइन, तर परमेश्‍वरको अनुग्रहमा भर परेर

यहाँ “शारीरिक” शब्दले मानिसलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामी मानवीय बुद्धिमा होइन, तर परमेश्‍वरको अनुग्रहमा भर परेका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)