ne_tn/2co/01/03.md

1.9 KiB

हाम्रो प्रभु येशू ख्रीष्‍टको परमेश्‍वर तथा पितालाई स्तुति होस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाम्रो प्रभु येशू ख्रीष्‍टको परमेश्‍वर तथा पितालाई हामीले सदैव स्तुति गरौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वर तथा पिता

“परमेश्‍वर, जो पिता हुनुहुन्छ”

दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर

यी दुई वाक्यांशहरूले एउटै कुरालाई दुई फरक तरिकाले बताउँछ । दुवै वाक्यांशहरूले परमेश्‍वरलाई जनाउँछ (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर

सम्भावित अर्थहरू हुन् १) “दया” र “सारा सान्त्वना” जस्ता शब्दहरूले “पिता” र “परमेश्‍वर”को चरित्रलाई वर्णन गर्छ वा २) “पिता” र “परमेश्‍वर” शब्दहरूले त्यो व्यक्तिलाई जनाउँछ जो “दया” र “सारा सान्त्वना”को स्रोत हुनुहुन्छ ।