ne_tn/1ti/front/intro.md

8.5 KiB

१ तिमोथीको परिचय

भाग १: सामान्य परिचय

१ तिमोथीको पुस्तकको रूपरेखा

१. अभिवादनहरू (१:१, २) १. पावल र तिमोथी

  • झूटो शिक्षाको बारेमा चेतावनी (१:३-११)
  • पावल ख्रीष्‍टले उनको सेवकाइमा गर्नुभएको कुराहरूको लागि धन्यवादी हुन्छन् (१:१२-१७)
  • यस आत्मिक लडाइँमा लड्नलाई उनले तिमोथीलाई बोलाउँछन् (१:१८-२०) १. सबैको लागि प्रार्थना (२:१-८) १. मण्‍डलीमा भएका भूमिकाहरू र जिम्‍मेवारीहरू (२:९-६:२) १. चेतावनीहरू
  • झूटा शिक्षकहरूको बारेमा दोस्रो चेतावनी (६:३-५)
  • पैसा (६:६-१०) १. परमेश्‍वरको मानिसको विवरण (६:११-१६) १. धनी मानिसहरूलाई टिपोट (६:१७-१९) १. तिमोथीलाई अन्तिम भनाइहरू (६:२०, २१)

१ तिमोथीको पुस्तक कसले लेखे ?

पावलले १ तिमोथीको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्‍टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । आफू ख्रीष्‍टिएन भइसकेपछि उनी मानिसहरूलाई येशूको बारेमा बताउँदै थुप्रै पटक रोमी साम्राज्यभर यात्रा गरे ।

यो पुस्तक चाहिँ पावलले तिमोथीलाई लेखेको पहिलो पत्र हो । तिमोथी उनका चेला र घनिष्‍ठ मित्र थिए । पावलले सम्भवतः यो पत्र उनको जीवनको आखिरी समयतिर लेखे ।

१ तिमोथीको पुस्तक केको बारेमा हो ?

पावलले एफिससको सहरमा भएका विश्‍वासीहरूलाई सहायता गर्नको लागि तिमोथीलाई त्यहाँ छोडेका थिए । पावलले यो पत्र तिमोथीलाई विभिन्‍न विषयहरूमा निर्देशनहरू दिनको लागि लेखे । उनले सम्बोधन गरेका विषयहरूमा मण्‍डली आराधना, मण्‍डलीका अगुवाहरूका योग्‍यताहरू, र झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू समावेश भएका छन् । पावलले तिमोथीलाई मण्‍डलीहरूका माझमा एक अगुवा हुनको निमित्त कसरी तालिम दिइरहेका थिए भनेर यो पत्रले देखाउँछ ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ तिमोथी” वा “पहिलो तिमोथी” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “तिमोथीलाई पावलको पहिलो पत्र ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

चेलापन के हो ?

चेलापन भनेको मानिसहरूलाई ख्रीष्‍टको चेलाहरू बनाउने कामको प्रक्रिया हो । चेलापनको लक्ष्य भनेको अरू ख्रीष्‍टिएनहरूलाई अझ बढी ख्रीष्‍ट जस्तै हुनलाई हौसला दिनु हो । एक अगुवाले कम परिपक्व ख्रीष्‍टिएनलाई कसरी तालिम दिनुपर्छ भन्‍ने बारेमा यस पत्रले थुप्रै निर्देशनहरू दिन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/disciple)

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी”को एकवचन र बहुवचन रूपहरू

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । यसको अपवाद ६:२१ हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

१ तिमोथीको पुस्तकको पाठ्यसामग्रीमा भएका पाठ्यसामग्रीसँग सम्बन्धित प्रमुख विषयहरू के-के हुन् ?

निम्‍न दिइएको पदको लागि, बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्‍न छन् । यूएलटीमा नयाँ भनाइ छ र पुरानो भनाइलाई पादटिप्‍पणीमा राख्दछ । यदि सामान्य क्षेत्रमा कुनै बाइबलको अनुवाद पाइन्छ भने अनुवादकले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि छैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउनलाई सुझाव दिइन्छ ।

  • “ईश्‍वरीयता चाहिँ पैसा कमाउने एउटा उपाय हो ।” बाइबलका केही पुराना संस्करणहरूले यसरी भन्छन्, “ईश्‍वरीयता चाहिँ पैसा कमाउने एउटा उपाय होः ती कुराहरूबाट अलग बस ।” (६:५)

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)