ne_tn/1ti/06/11.md

2.4 KiB

तर तिमी

यहाँ “तिमी” एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

परमेश्‍वरका जन

“परमेश्‍वरको सेवक” वा “ती व्यक्ति जो परमेश्‍वरका हुन्”

यी कुराहरूदेखि भाग

पावलले यी परीक्षाहरू र पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती त्यस्ता कुराहरू हुन् जसबाट कोही व्यक्ति टाढा भाग्‍न सक्थ्यो । वैकल्पिक अनुवादः “यी कुराहरूलाई पूर्णतया इन्कार गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यी कुराहरू

“यी कुराहरू”को सम्भावित अर्थहरू हुन् १) “रुपैँया-पैसाको मोह” वा २) विभिन्‍न शिक्षाहरू, घमण्ड, वादविवादहरू, र पैसाको प्रेम ।

धार्मिकतालाई पछ्याऊ

“ ... को पछि दौड” वा “खेद ।” पावलले धार्मिकता र अन्य असल गुणहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती त्यस्ता कुराहरू हुन् जसको पछि-पछि कोही व्यक्ति दौडन सक्थ्यो । यो अलङ्कार “ ... बाट भाग” भन्‍ने कुराको विपरीत हो । यसको अर्थ हो कि केही कुरा पाउनलाई तपाईंले आफ्‍नो भरमग्दुर कोसिस गर्नुपर्छ । वैकल्पिक अनुवादः “पाउन खोज” वा “ ... मा व्यवहार गर्न तिमीले आफ्‍नो भरमग्दुर कोसिस गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)