ne_tn/1ti/06/06.md

1.6 KiB

अब

यसले शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्छ । यहाँ पावलले ईश्‍वरीयताबाट अधर्मी मानिसहरूले खोज्‍ने किसिमको धन (१ तिमोथी ६:५) र मानिसहरूले ईश्‍वरीयताबाट प्राप्‍त गर्ने साँचो किसिमको लाभको बीचमा भएको अन्तरलाई देखाउन सुरु गर्छन् । वैकल्पिक अनुवादः “अवश्‍य पनि”

सन्तुष्‍टिसहितको ईश्‍वरीयता नै ठूलो लाभ हो

“ईश्‍वरीयता” र “सन्तुष्‍टि” शब्दहरू भाववाचक नामपदहरू हुन् । वैकल्पिक अनुवादः “कुनै व्‍यक्तिले धर्मी कुरा गरेर आफूसँग भएको कुराहरूमा सन्तुष्‍ट हुनु भनेको उसको लागि ठूलो लाभ हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

ठूलो लाभ हो

“ठूलो लाभ पुर्‍याउँछ” वा “हाम्रो लागि धेरै असल कुराहरू गर्छ”