ne_tn/1ti/05/24.md

2.6 KiB

केही मानिसहरूका पापहरू खुलागरी जानिएका हुन्छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूका पापहरू निकै स्पष्‍ट हुन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ती पापहरू तिनीहरू अगि-अगि इन्साफमा जान्छन्

“तिनीहरूका पापहरू ती मानिसहरूको अगाडि इन्साफमा जान्छन् ।” पावलले पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती सरिरहेका थिए । सम्भावित अर्थहरू हुन् १) तिनीहरूका पापहरू यति स्पष्‍ट छन् कि तिनीहरूको विरुद्धमा कसैले साक्षी दिनभन्दा अगाडि नै तिनीहरू दोषी छन् भनेर सबैले जान्‍नेछन् वा २) तिनीहरूका पापहरू खुलस्त छन्, र परमेश्‍वरले तिनीहरूलाई अहिले नै न्याय गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

तर केही पापहरू पछि जान्छन्

“तर केही पापहरूले मानिसहरूलाई पछि पछ्याउँछन् ।” पावलले पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती सरिरहेका थिए । सम्भावित अर्थहरू हुन् १) तिमोथी र ख्रीष्‍टिएन समुदायलाई केही समय नभएसम्‍म केही पापहरूको बारेमा थाहा हुनेछैन वा २) अन्तिम इन्साफको बेला नभएसम्‍म परमेश्‍वरले केही पापहरूको इन्साफ गर्नुहुनेछैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)