ne_tn/1ti/05/09.md

12 lines
2.0 KiB
Markdown

# विधवा मानेर सूचीमा राखिऊन्
त्यहाँ विधवाहरूको लागि एक सूची भएको जस्तो देखिन्छ, जुन लिखित हुन पनि सक्छ नहुन पनि सक्छ । मण्डलीका सदस्यहरूले यी स्‍त्रीहरूका वास, वस्‍त्रहरू, र खानेकुराको लागि भएका खाँचोहरू पूरा गरिदिन्थे, र यी स्‍त्रीहरूले तिनीहरूका जीवन ख्रीष्‍टिएन समुदायको सेवामा समर्पण गरेको अपेक्षा गरिन्थ्यो ।
# जो साठी वर्षभन्दा कम उमेरको छैन
पछि पावलले ५:११-१६ मा गरेको व्याख्या अनुसार, ६० वर्षभन्दा कम उमेरका विधवाहरूले पुनः विवाह गर्न सक्दथे । त्यसैले ख्रीष्‍टिएन समुदायले ६० वर्षभन्दा बढी उमेरका विधवाहरूलाई मात्र हेरविचार गर्नुपर्ने थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]])
# एउटै पतिकी पत्‍नी
सम्भावित अर्थहरू हुन् १) तिनी आफ्नो पतिप्रति सधैँ विश्‍वासयोग्य थिइन् वा २) तिनले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरेर अर्को मानिससँग पछि विवाह गरेकी थिइनन् ।