ne_tn/1ti/04/05.md

1.7 KiB

त्यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको छ

एउटै विचारधारालाई व्यक्त गर्नको लागि “परमेश्‍वरको वचन” र “प्रार्थना”लाई एकसाथ प्रयोग गरिएको छ । प्रार्थना चाहिँ परमेश्‍वरले प्रकट गर्नुभएको सत्यतासँग सहमतिमा छ । वैकल्पिक अनुवादः “उहाँको वचनसँगको सहमतिमा प्रार्थना गरेर यो परमेश्‍वरको प्रयोगको लागि समर्पित गरिएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hendiadys)

त्यो शुद्ध पारिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी यसलाई शुद्ध पार्छौँ” वा “हामीले यसलाई अलग राखेका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरको वचन

यहाँ “वचन”ले परमेश्‍वरको सन्‍देश वा उहाँले प्रकट गर्नुभएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)