ne_tn/1ti/02/15.md

3.1 KiB

सन्ताउने जनमाउने बेलामा तिनलाई बचाइनेछ

यहाँ “तिनी”ले सामान्य अर्थमा स्‍त्रीहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) परमेश्‍वरले स्‍त्रीहरूलाई शारीरिक रूपमा सुरक्षित राख्‍नुहुनेछ जब तिनीहरूले सन्तानलाई जन्म दिन्छन्, वा २) परमेश्‍वरले स्‍त्रीहरूलाई तिनीहरूका पापहरूबाट तिनीहरूको सन्तान जन्माउने भूमिकाद्वारा बचाउनुहुनेछ ।

तिनी बचाइनेछिन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनलाई बचाउनुहुनेछ” वा “परमेश्‍वरले स्‍त्रीहरूलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यदि तिनीहरू ... लागिरहे भने

“यदी तिनीहरू ... मा रहे भने” वा “यदी तिनीहरू ... जिइरहे भने ।” यहाँ “तिनीहरू”ले स्‍त्रीहरूलाई जनाउँछ ।

विश्‍वास, प्रेम र शुद्धिकरणमा

यहाँ भएका भाववाचक नामपदहरूलाई मौखिक वाक्यांशहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूलाई भरोसा गर्न र अरूहरूलाई प्रेम गर्न र एक पवित्र जीवन जिउनमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

मनको सुशीलतामा

यस वाक्पद्धतिको लागि सम्भावित अर्थहरू हुन् १) “असल निर्णयका साथ”, २) “भद्रताका साथ”, ३) “आत्मसंयमका साथ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मनको सुशीलता

यदि अनुवादमा यो वाक्पद्धति रहन्छ भने, भाववाचक नामपद “सुशीलता”लाई विशेषणको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एक सुशील दिमाग”" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)