ne_tn/1ti/02/09.md

2.5 KiB

भद्रता र आत्मसंयमकासाथ

यी दुवै शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । स्‍त्रीहरूले सुहाउँदो वस्‍त्रहरू पहिरनुपर्छ र पुरुषहरूबाट अनुचित ध्यानाकर्षण हुने ठाउँ दिनुहुँदैन भनेर पावलले जोड दिइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिनीहरूले कपालमा चुल्‍ठो बाट्नुहुँदैन

पावलको समयमा, थुप्रै रोमी स्‍त्रीहरूले आफूलाई आकर्षक बनाउनको लागि तिनीहरूका कपालमा चुल्‍ठो बाट्ने गर्दथे । चुल्‍ठो बाट्नु भनेको कुनै स्‍त्रीले तिनको कपालमा अनावश्‍यक आकर्षण तान्‍ने एउटा तरिका हो । यदि कपालमा चुल्‍ठो बाट्ने भनेको नजानिएको कुरा हो भने, यसलाई अझ बढी सामान्य तरिकामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले नक्‍कल-झक्‍कल शैलीको कपाल बनाउनुहुँदैन” वा “तिनीहरूले शानदार किसिमले कपाल सिङ्गार्नु हुँदैन जसले ध्यानाकर्षण गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मोतीहरू

यी सुन्दर र मूल्यवान् सेता गुच्‍चाहरू हुन् जसलाई मानिसहरूले गहनाको रूपमा प्रयोग गर्छन् । ती समुद्रमा बस्‍ने कुनै खास किसिमको साना जीवहरूको खोलभित्र बन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)