ne_tn/1ti/01/17.md

1.4 KiB

अब... आमेन

यहाँ “अब” शब्दलाई मुख्य शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यहाँ पावलले परमेश्‍वरलाई प्रशंसा गर्छन् ।

युग-युगका राजा

“अनन्तका राजा” वा “सदाको लागि मुख्य शासक”

अब युग-युगका राजा, अविनाशी, अदृश्‍य, एकमात्र परमेश्‍वरलाई आदर र महिमा सदासर्वदा होस्

“आदर” र “महिमा” जस्ता भाववाचक नामपद शब्दहरूलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब मानिसहरूले युग-युगका राजालाई सदा आदर र महिमा गरून् जो अविनाशी, अदृश्‍य, र एकमात्र परमेश्‍वर हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)