ne_tn/1th/05/08.md

2.8 KiB

सामान्य जानकारीः

८-१० का पदहरूमा, “हामी” शब्‍दले सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

हामी दिनका हौँ

परमेश्‍वरको सत्‍यता जान्‍ने कुरा दिनको कुरा भए झैँ गरी पावलले बताएका छन् । वैकल्‍पिक अनुवादः “हामी सत्‍य जान्‍दछौँ” वा “हामीले सत्‍यताको ज्‍योति पाएका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामी होसमा रहनुपर्छ

शान्‍त हुने कुरालाई पावलले आत्म-संयम् हुने कुरासँग तुलना गर्दछन् । वैकल्पिक अनुवादः “हामी आत्मसंयमलाई अभ्यास गरौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विश्‍वास र प्रेमलाई छाती-पाताको रूपमा धारण गर्नु

सिपाहीले आफ्नो शरीरको सुरक्षा गर्न छाती-पाता धारण गरे झैँ, विश्‍वास र प्रेमद्वारा जिउने विश्‍वासी सुरक्षित हुनेछ । वैकल्पिक अनुवादः “विश्‍वास र प्रेमद्वारा हामीले आफैँलाई जोगाउने” वा “ख्रीष्‍टलाई भरोसा र प्रेम गरेर हामीले आफैँलाई जोगाउने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो टोपको लागि उद्धारको आशा

टोपले सिपाहीको सुरक्षा गरे झैँ मुक्तिको विश्‍वस्तताले विश्‍वासीलाई सुरक्षा दिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले हामीलाई बचाउनुहुनेछ भन्‍ने कुरामा ढुक्‍क भएर हामीले आफूलाई सुरक्षित राख्‍ने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)