ne_tn/1th/03/09.md

1.6 KiB

तिमीहरूका कारण हामीमा भएको आनन्‍दको लागि परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्‍यवाद चढाउन सक्‍छौँ ?

यस आलङ्कारिक प्रश्‍नलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका लागि जे गर्नुभएको छ, त्‍यसका लागि हामीले उहाँलाई दिनुपर्ने जति धन्‍यवाद दिन सक्‍दैनौँ ! हाम्रा परमेश्‍वरमा हामीले प्रार्थना चढाउँदा हामी धेरै आनन्‍दित हुन्‍छौँ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हाम्रा परमेश्‍वरको सामु

पावल र तिनका सहकर्मीहरू भौतिक रूपमा नै परमेश्‍वरको उपस्‍थितिमा भए झैँ तिनले कुरा गरेका छन् । तिनले शायद प्रार्थनाको कार्यकलापलाई जनाउन खोजेका हुन सक्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)