ne_tn/1th/03/06.md

1.6 KiB

जोड्ने कथनः

तिमोथीले थेसलोनिकीसँग भेटघाट गरी फर्केर पावललाई खबर दिएपछि पावलले ती कुरा आफ्‍ना पाठकहरूलाई भनेका छन् ।

हामीकहाँ आए

“हामी” भन्‍ने शब्दले पावल र सिलासलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तिमीहरूको विश्‍वासको सुसन्देश

यस कुराले ख्रीष्‍टमा भएको विश्‍वासलाई जनाउँछ भन्‍ने बुझ्‍न सकिन्‍छ । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको विश्‍वासको असल प्रतिवेदन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूमा सधैँ असल सम्झना छ

तिनीहरूले पावलका बारेमा विचार गर्दा तिनीहरूसँग सधैँ असल विचारहरू मात्र छन् ।

तिमीहरूले हामीलाई भेट्न चाहन्छौ

“तिमीहरू हामीलाई भेट्ने इच्छुक छौ”