ne_tn/1th/01/05.md

1.8 KiB

वचनमा मात्र होइन

“हामीले भनेका कुरामा मात्र होइन”

तर शक्तिमा पनि, पवित्र आत्मामा

सम्भावित अर्थहरू हुन् १) पावल र उनका सहकर्मीहरूले पवित्र आत्माद्वारा सक्षम भएर शक्तिशाली रूपमा प्रचार गरे वा २) पवित्र आत्माले थेसलोनिकेका विश्‍वासीहरूको माझमा सुसमाचारको प्रचारको शक्तिशाली प्रभाव पर्न दिनुभयो वा ३) पवित्र आत्माले आश्‍चर्यकर्महरू, चिन्हहरू, र उदेकलाग्दा कार्यहरूको माध्यमद्वारा सुसमाचारको प्रचारको सत्यता प्रदर्शन गर्नुभयो ।

धेरै निश्‍चयतामा

भाववाचक नामपद शब्द “निश्‍चयता”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो सत्य थियो भनी परमेश्‍वरले तिमीहरूलाई निश्‍चित बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

कस्तो प्रकारका मानिसहरू

“हामी आफैँले कसरी व्यवहार गर्‍यौँ जब”