ne_tn/1sa/28/03.md

2.8 KiB

शमूएल ... आत्माहरूसँग

पाठकलाई पछि घट्ने घटनाहरूको लागि तयार गर्न लेखक पृष्ठभूमिको जानकारी दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

देशमा निषेध गरेका थिए

आधिकारिक रूपमा देश वा क्षेत्रबाट निकाल्नु वा प्रवेश गर्नबाट रोक्‍नु । अर्को अनुवादः "इस्राएलबाट निष्कासन गरेका थिए"

मृतक र आत्माहरूसँग कुरा गर्नेहरू

"मृतक ... कुरा गर्नेहरू" भन्‍ने शब्दहरूलाई मूल भाषामा एउटै शब्दको रूपमा अनुवाद गरिएको छ, र "आत्माहरूसँग कुरा गर्नेहरू" भन्‍ने शब्दहरूलाई पनि मूल भाषामा एउटै शब्दको रूपमा अनुवाद गरिएको छ । यदि तपाईंको भाषामा मृतकसँग बोल्नेहरूको लागि एउटा शब्द र आत्माहरूसँग बोल्नेहरूको लागि एउट शब्द छ भने वा यदि तपाईंको भाषामा मृतक र आत्माहरूसँग बोल्नेहरूको लागि एउटै मात्र शब्द छ भने, तपाईंले ती शब्दहरू यहाँ प्रयोग गर्नुपर्छ ।

पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे

दाऊद र आकीश बोलेपछि (1 Samuel 28:02)

सबै इस्रएललाई एकसाथ भेला पारे

"तिनका सबै सेनाहरूलाई इस्राएलमा एकसाथ भेला पारे"

शूनेम ... गिल्बो

यी ठाउँहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद