ne_tn/1sa/25/39.md

3.5 KiB

सामान्य जानकारीः

दाऊदले अबीगेललाई विवाह गरेर उनलाई सुरक्षा दिने प्रस्ताव राखे ।

परमप्रभु धन्यको होऊन्

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) मद्वारा परमप्रभुको प्रशंसा गरियोस्" (EN-UDB) वा २) अर्को अनुवाद: (सबै मानिसहरूद्वारा परमप्रभुको प्रशंसा गरियोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको छ

यो एउटा वाक् पद्धति हो । अर्को अनुवादः "नाबालले मेरो अपमान गरेपछि मेरो पक्षमा काम गर्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको छ

परमप्रभु प्रति आफ्नो आदर देखाउन दाऊद यसरी बोल्छन् कि मानौँ उनी अर्कै व्यक्ति थिए । अर्को अनुवादः "मलाई खराब कार्यहरू गर्नबाट बचाउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

नाबालको दुष्ट कामलाई उसैको शिरमा खन्‍याउनुभएको छ

अर्को अनुवादः "नाबालले मलाई जे गर्ने योजाना गरेका थिए त्यस्तै नाबालसँग गर्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

उसैको आफ्‍नै शिरमा

व्यक्तिको लागि शिर एउटा उपलक्षक हो । अर्को अनुवादः "ऊमाथि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

दाऊदले अबीगेललाई आफ्‍नी पत्‍नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए

तपाईंले बुझेको जानकारी स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "अबीगेलसँग कुरा गर्न र दाऊदले उनलाई पत्‍नीको रूपमा लिन चाहे भनी उनलाई बताउन मानिसहरू पठाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद