ne_tn/1sa/25/29.md

3.6 KiB

लखेटे

"खेदे" वा "सिकार गरे"

मेरो मालिकको जीवनलाई परमप्रभु तपाईंका परमेश्‍वरले जीवितहरूको मुट्ठामा बाँध्‍नुहुने छ

अबीगेलले दाऊदको जीवन बारे यसरी बताउँछिन् कि मानौँ त्यो लामो र पातलो वस्तु थियो जसलाई एक व्यक्तिले अर्को लामो र पातलो वस्तुसँग राख्‍न सक्थ्यो र त्यसपछि एउटा डोरीले एकसाथ बाँध्‍न सक्थ्यो । यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणः "परमप्रभु तपाईंका परमेश्‍वरद्वारा मेरा मालिकको जीवन जीवितहरूको मुट्ठामा बाँधिनेछ" वा "परमप्रभु तपाईंका परमेश्वरद्वारा तपाईंलाई बाँचेकाहरूसँग जीवित राखिनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

मेरो मालिकको जीवन

दाऊदप्रति आफ्नो आदर देखाउन अबीगेलले आफू र दाऊदको बारेमा यसरी बताउँछिन् कि मानौँ तिनीहरू भिन्‍ना भिन्‍नै मानिसहरू थिए । अर्को अनुवादः "तपाईंको जीवन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

उहाँले तपाईंका शत्रुहरूको जीवनलाई घुँयत्रोको पाकेटबाट फालेझैं फाल्‍नुहुनेछ

अबीगेलले दाऊदको शत्रुहरूको जीवन बारे यसरी बताउँछिन् कि मानौँ तिनीहरू ढुङ्गा जस्तै साना वस्तुहरू थिए जसलाई घुँयत्रोमा राखी टाढा दुरीसम्म फ्याँक्न सकिन्थ्यो" अर्को अनुवादः "एउटा मानिसले टाढा दुरीसम्म घुँयत्रोले ढुङ्गा सजिलै फ्याँके जस्तै उहाँले तपाईंका शत्रुहरूलाई मार्नु हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

घुँयत्रो

दुवै अन्तको भागमा लामो धागो सहित जनावरको छालाको एक टुक्रा जसमा मानिसले ढुङ्गा वा अरू साना, साह्रो वस्तु राखी त्यसलाई टाढा दुरीसम्म फ्याक्न सक्छ ।

शब्द अनुवाद