ne_tn/1sa/21/14.md

2.4 KiB

यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ?

सम्भावित अर्थहरू हुन् १) आकीशले उनका सेवकहरूलाई उनीहरूले दाऊदलाई आफूकहाँ किन ल्याए भन्‍ने बारे बताउन लगाउछन् वा २) आकीशले उनीहरूलाई एउटा आलङ्‍कारिक प्रश्‍नद्वारा हप्काइ रहेका छन् । अर्को अनुवादः "तिनलाई मकहाँ ल्याउन हुदैन भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्‍थ्यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ?

यो आलङ्‍कारिक प्रश्‍न एउटा हप्काइ हो । अर्को अनुवादः "मेरो समय खेर फाल्ने यहाँ पर्याप्त पागल मानिसहरू छन् । तिमीहरूले यो मानिसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याउन हुदैन थियो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ?"

यस आलङ्‍कारिक प्रश्‍नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यो मानिसलाई मेरो घरमा पस्‍न नदेऊ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद