ne_tn/1sa/20/30.md

3.5 KiB

जोनाथनको विरुद्धमा शाऊलको रिस दन्‍कियो

यहाँ "रिस दन्‍कियो" भनेको धेरै रिसाए भनी जनाउने लक्षणा हो । अर्को अनुवाद: " शाऊल जोनाथनसँग धेरै रिसाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पथभ्रष्‍ट र विद्रोही स्‍त्री को छोरो

यो एउटा वाक् पद्धति हो । शाऊलले यो वाक्यांस जोनाथनलाई र दाऊदप्रति उनको चासोको बारेमा कठोरतापूर्वक हप्काउनलाई प्रयोग गर्छन् । अर्को अनुवाद: "तँ वेश्याको मूर्ख छोरा होस्" वा "तँ मूर्ख विश्‍वासघाती होस्"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन?

जोनाथन र दाऊद साथी हुन् भनी आफूलाई थाहा छ भनेर जोड दिन शाऊलले यो प्रश्‍न सोध्छन् । यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भनी मलाई थाहा छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति

यहाँ "आमाको नग्‍नता" भनेको आफूलाई जन्म दिने आमालाई जनाउने एक वाक्-पद्धति हो । अर्को अनुवाद: "आफूलाई जन्माउने आमाको शर्मको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "तँ राजा बन्‍ने छैनस् र तेरो राज्य स्थापना गरिनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद