ne_tn/1sa/20/14.md

2.9 KiB

सामान्य जानकारी:

जोनाथनले दाऊदलाई आफ्ना सबै सन्तानहरू नमार्न आग्रह गर्छन् ताकि बाँकी रहेकाहरू रहून् ।

के तपाईंले मलाई परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहुनेछैन र ताकि म मर्नेछैन?

दाऊदले यो गर्नेछ भनी पक्का गर्नलाई जोनाथनले यो प्रश्‍न सोध्छन् । यस आलङ्कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "कृपया म नमरू भनी परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मलाई परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहुनेछैन

"मलाई परमप्रभुले देखाउनुहुने करारको विश्‍वस्‍तता देखाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

दाऊदको घराना

"घराना" शब्दले घरानामा भएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "दाऊदको परिवार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुले दाऊदका शत्रुहरूबाट लेखा लिनुभएको होस्

सम्भावित अर्थहरू हुन्: १) यदि दाऊदले करार तोड्यो भने परमप्रभुले दाऊदलाई दण्ड दिन दाऊदका शत्रुहरू प्रयोग गर्नुभएको होस्" वा "परमप्रभुले दाऊदका शत्रुहरूलाई नाश गर्नु भएको होस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद