ne_tn/1pe/02/intro.md

3.2 KiB

१ पत्रुस ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:६, ७, ८, र २२ मा पुरानो करारबाट लिइएको कवितासँग यसै गर्छ ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:१० मा भएको कवितासँग यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ढुङ्गाहरू

ठूलाठूला ढुङ्गाहरू वा पत्थरहरू प्रयोग गरेर बनाएको कुनै भवनलाई बाइबलले मण्‍डली जनाउने उपमाको रूपमा प्रयोग गर्दछ । येशू कुने ढङ्गो हुनुहुन्‍छ । यो नै सबैभन्‍दा महत्त्वपूर्ण ढुङ्गो हो । प्रेरितहरू र अगमवक्ताहरू चाहिँ जग हो, अर्थात् उक्‍त भवनका एक भाग हो, जसमाथि अरु सबै पत्थरहरू राखिएका हुन्‍छन् । यस अध्‍यायमा, ख्रीष्‍टिएनहरू पत्थरहरू हुन् । तिनीहरूले नै उक्त भवनको भित्ताहरू बन्‍दछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///tw/dict/bible/kt/cornerstone]] अनि rc://*/tw/dict/bible/other/foundation)

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

दूध र शिशुहरू

पत्रुसले आफ्‍ना विश्‍वासीहरूलाई “शुद्ध आत्‍मिक दुधको तृष्णा गर” भन्‍छन् । यो कुनै बालकले आफ्‍नो आमाको दुध खाने इच्‍छा उपमा हो । कुनै बालकले आमाको दुधको इच्‍छा गरेँ ख्रीष्‍टिएनहरूले पनि परमेश्‍वरको वचनप्रति इच्‍छा राखून् भन्‍ने पत्रुसको चाहना हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)